विदेशी कामदारको तलब २० प्रतिशत काट्ने मलेसियाको प्रस्ताव

16 December, 2018

मलेसियाको मानव संशाधन मन्त्रालयले विदेशी कामदारको मासिक तलब २० प्रतिशत कटौती गर्ने प्रस्ताव गरेको छ। कामदारहरूले कम्पनी छोड्ने क्रम बढेपछि मन्त्रालयले यस्तो प्रस्ताव ल्याएको मन्त्री एम कुलासेगरनले बताए।

 

कामदारले कम्पनी छोड्ने कुरा रोजगारदाताले भोगिरहेको ठूलो समस्या भएकाले त्यसलाई सम्बोधन गर्न राष्ट्रिय श्रम सल्लाहकार परिषद्मा यस्तो प्रस्ताव पठाइएको मन्त्री कुलासेगरनले जानकारी दिए।

 

प्रस्ताव छलफलकै क्रम रहेकाले सबै पक्षका सल्लाह सुझाव समेटिने उनले बताए।‘यदि यो लागू भयो भने कामदार र श्रमिक दुबैलाई विन-विनको अवस्था हुनेछ। तलब काट्दा दुबै पक्षलाई फाइदाजनक हुनेछ,’ कुलासेगरनले भने।

 

उनका अनुसार कटौती भएको रकम सामाजिक सुरक्षा संस्थामा जम्मा हुनेछ र भिसा सकिएर कामदार स्वदेश फर्किने बेलामा एकमुष्ट दिइनेछ।

 

उनले यस्तो योजना जापान र दक्षिण कोरियामा पहिलेदेखि नै लागू भएर सफल भइसकेकाले नयाँ मोडल नहुने बताए।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024