विदेशबाट सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न थप सहज बनाइँदै

24 January, 2025

वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूले सामाजिक सुरक्षा कोषमा योगदान रकम जम्मा गर्न थप सहज बनाइने भएको छ। 

विदेशमा रहेका योगदानकर्ताले सूचना प्रणाली प्रयोग गरेर कोषमा सहज रूपमा नियमित योगदान गर्न सक्ने व्यवस्था मिलाउन लागिएको कोषले जनाएको छ।

यसका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त बैंक, रेमिट, पिएसओ तथा पिएसपी सेवा प्रदायकसँग प्रस्ताव मागेको छ। बुधबार सूचना प्रकाशित गर्दै कोषले १५ दिनभित्र प्रस्ताव दर्ता गराउन आग्रह गरेको हो।

हाल वैदेशिक रोजगारीमा रहेका करिब १४ लाख श्रमिक कोषमा आवद्ध भइसकेको कोषले जनाएको छ। 

श्रम स्वीकृति लिने बेलामा अनिवार्य गरेकाले यो संख्या ठूलो देखिए पनि नियमित योगदानकर्ताको संख्या भने न्यून छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024