रोजगारीको सम्भावनालाई नयाँ ढंगले सोचिने

17 March, 2018

नवनियुक्त श्रम तथा रोजगार मन्त्री गोकर्णराज विष्टले नेपाली युवाको रोजगारीलाई नयाँ ढंगले सोच्ने बताउनुभएको छ । 

 

पदबहाली गर्दै उहाँले आफ्नो कार्यकालमा श्रमको सम्मान गर्ने स्थिति बसाली श्रमिकको संरक्षण गरिने बताउनुभएको हो । एमाले नेता विष्ट प्रधानमन्त्री केपी शर्मा ओलीले तेश्रो पटक विस्तार गरेको मन्त्रीपरिषद्मा श्रम तथा रोजगार एवं सामाजिक सुरक्षामन्त्री बन्नुभएको हो । 

 

उहाँ गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको थियो । विष्ट यसअघि झलनाथ खनाल नेतृत्वको सरकारमा उर्जामन्त्री हुनुहुन्थ्यो । 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024