रोजगारीको वहानामा बेचविखन

21 December, 2018

वैदेशिक रोजगारको वहानामा मानव बेचविखन हुने गरेको अध्ययनले देखाएको छ । महिला तथा बालबालिका बेचविखनविरूद्ध सहकर्मी समूह नेपाल (एटविन)ले गत २०७४ वैसाख १ गतेदेखि चैत मसान्तसम्म गोरखापत्रलगायतका नौ वटा दैनिक पत्रपत्रिकामा छापिएका समाचारको विष्लेषण गर्दा सो तथ्य देखिएको हो ।

 

मानव बेचविखन श्रम शोषणका लागि वैधानिक बाटो अवलम्बन गर्न नागरिकता तथा राहदानी बनाएर कागजी वैधानिकता प्रदान गर्ने गरिएको छ । विगतमा नेपालबाट यौन शोषणका लागि मात्र मानव तस्करी भइरहेको मान्यता थियो, तर त्यसलाई अध्ययनले गलत ठहर्याएको छ ।

 

पत्रकार विजय पौडेलले मानव बेचविखनसम्वन्धी आएका समाचार, सम्पादकीयलगायतका सामग्रीहरूको विश्लेषणमा ५७२ वटा समाचार प्रकाशित भएकामा तीमध्ये रोजगारीको बहानामा लगिएका ६० वटा घटनामा २९ जना निकृष्ट श्रम शोषणमा परेको पाइएको जानकारी दिनुभयो ।

 

एटविनका अध्यक्ष अन्जना शाक्यले रोजगारीको बहानामा मानव बेचविखन हुने क्षेत्र व्यापक बन्दै आएको र यस्तो अपराध रोक्न राज्यले स्पष्ट कानुन, नीति निर्माण गर्न नसकेको बताउनुभयो ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024