युएईबाट नेपाल आइपुगे १६९ नेपाली

5 June, 2020

सुनिता कार्की

 

काठमाडौं : युनाइटेड अरब इमिरेट्स (यूएई) को एयर अरेबियाको जहाज ५:४० बजे काठमाडौं विमानस्थलमा अवतरण गरेको छ। १६८ नेपाली यात्रु र एकजना बच्चा गरी १६९ लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। उक्त विमानबाट एक जना नेपालीको शव पनि नेपाल ल्याइएको छ।

यूएईबाट नेपाल आएका सबै नेपाली यात्रुहरुले कोरोनाको पोलिमरेज चेन रियाक्शन(पीसीआर) जाँचको प्रमाणपत्र लिएर आएको बताइएको छ। नेपाल भित्रिनका लागि सबैभन्दा पहिलो स्वास्थ्य मापदण्ड अन्तरगत पीसीआर जाँच प्रमाणपत्रलाई लिइएको छ। उनीहरुलाई काठमाडौंको ३ वटा होल्डिङ सेन्टरमध्ये कुनमा लैजाने भन्ने एकिन भइनसकेको नेपाली सेनाका प्रवक्ता डा विज्ञानदेव पाण्डेले जानकारी दिए।

यसअघि म्यानमारबाट ल्याएका २६ जना नेपालीलाई वसुन्धारास्थित यति पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखि क्वारेन्टाइनमा अपनाउनुपर्ने उपायहरुको सामान्य जानकारी दिई होमक्वारेन्टाइनका लागि पठाइएको बताइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024