मानव बेचविखन राेक्न दुर्इ सयबढीको उद्दार

13 December, 2018

पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकीबाट गएको एक वर्षमा दुईसय महिला तथा बालबालिकाको उद्दार गरिएको छ । माईती नेपाल कञ्चनपुरले एक बर्षको अवधिमा २४ बालक, ७१ बालिका र १०५ महिलाको उद्दार गरेको जनाएको हो ।

माईती नेपाल कञ्चनपुरका सयोजक महेश्वरी भट्टले सन २०१८को अवधिमा माईती नेपालले जिल्लाको पश्चिमी सीमा नाकाबाट भारत जान लागेका बालक, बालिका र महिलाको उद्दार गरी घरपरिवारको जिम्मा लगाएको बताए । संयोजक भट्टका अनुसार गड्डाचौकी र दोधाराचाँदनी झोलुङ्गेपुलमा माईती नेपालको सुचना केन्द्रमार्फत उनीहरुको उद्दार गरिएको हो।  मानव तस्करले उनीहरुलाई राम्रो काममा लगाईदिन्छु, बिहेगर्छु, विदेश पठाईदिन्छु भन्दै भारत लैजाने गरेका थिए ।  ‘कुनै न कुनै बहानामा उनीहरुलाई दलालले बेच्नका लागि कञ्चनपुरको पश्चिमी नाका भएर भारत लग्दैक्रममा हामीले सोधपुछ गरेका थियौँ, ‘संयोजक भट्टले भनिन्, ‘हाम्रो सोधपुछका क्रममा उनीहरु जोखिममा परेको विश्लेषण गर्दै घरपरिवार बोलाएर उनीहरुको जिम्मा लगाएका थियौँ।’मानव तस्करले उनीहरुलाई राम्रो काममा लगाईदिन्छु, बिहेगर्छु, विदेश पठाईदिन्छु भन्दै भारत लैजाने गरेका थिए ।  उद्दार गरिएका जम्मा दुईसय मध्ये ११२ जना सुदूरपश्चिम प्रदेशकै छन् । सबैभन्दा बढि कञ्चनपुर र कैलाली र सबैभन्द कम डोटीका छन्। कञ्चनपुरका ३७, कैलालीका ३२, अछामका १९, बैतडी र बाजुका ६÷६, डोटी १, बझाङ्ग २, डडेल्धुरा ४ र दार्चुलाका ५ जनालाई उद्दार गरिएको छ।  २३ घरेलु हिंसाका उजुरी मध्ये १७ मिलापत्र, ३ जबरजस्तीकरणी र २ मानव बेचबिखन बिरुद्ध माईती नेपालमार्फत मुद्दा दायर गरिएका छन् ।

बर्ष दिनको अवधिमा सीमा क्षेत्रबाट सबैभन्दा बढि भारत जान लागेका १६७, इरान १५, कृर्गिस्थान ११, अस्टे«लिया ४, पोल्याण्ड, दुबई, कुबेत एक÷एक जनाको सीमा क्षेत्रमा बेचिनबाट जोगिएका छन् । ‘भारत जान लागेका सबै संस्कापद व्यक्ति थिए, ‘माईती नेपाल कञ्चनपुरका संयोजक भट्टले भने, ‘विदेश जान दिल्ली भएर जाने स्वत गैरकानुनी भए, त्यसैले उनीहरुले जोखिमा परेका थिए ।’ यस्तै माईती नेपाल कञ्चपुरले एक बर्षको अवधिमा भारतका विभिन्न स्थानबाट बेचबिखनको जोखिममा परेका १० जनाको उमेत उद्दार गरी सम्बन्धी घर परिवारलाई बुझाएको छ। भारतका मुख्य शहर पञ्जाब, दिल्ली, मदरासबाट दुई दुई र हैदरवाद, खटिमा, बङलोर, पुनाबाट एकएक जनाको उद्दार गरिएको थियो । एक बर्षको अवधिमा माईती नेपाल कञ्चनपुरमा १५८ मानिस हराएका मध्ये २९ जना फेला परेका थिए। उनीरुलाई समेत घरपरिवारको जिम्मा लगाईएको छ। २३ घरेलु हिंसाका उजुरी मध्ये १७ मिलापत्र, ३ जबरजस्तीकरणी र २ मानव बेचबिखन बिरुद्ध माईती नेपालमार्फत मुद्दा दायर गरिएका छन् । माईती नेपाल कञ्चनपुरले एक बर्षको अवधिमा ३७ हजारलाई सीमा क्षेत्रमा परामर्ससमेत दिएको जनाएको छ ।  भट्टले सुविधायुक्त जिवन, बेरोजगारी, विवाहको प्रलोभन मायाजाल, परिवारको दवाव, योजना, घरेलु हिंसा, मोबाईल, समाजिक सञ्जाल दुरुपयोगका काण मानव बेचबिखनको सिकार बनेको पाइएको बताए। परिवारकै सदस्य एव आफन्त बेचबिखनका सहभागि हुँदा समेत मानव बेचबिखन रोकथाममा चुनौती थपिएको संयोजक भट्टको अनुभव छ ।  ‘मानव बेचबिखन मुद्दामा घर परिवार अहिलेका स्थानीय तहमा निर्वा्चित जनप्रतिनिधीकै दवाव आउँछ, ‘उनले भनिन, ‘सीमा क्षेत्रमा हामीले रोक्दा छाडिदिनुप¥यो, मेरी छोरी या छोरा आफन्त कहाँ जाँदैछ, बरु हामीले घरपरिवार स्थानीय सकारबाट के गर्नुपर्छ बनाउन तयार छौँ भन्ने जस्ता अभिव्यक्ति आउँने गर्दछन।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024