मलेसियन अध्यागमनसँग समन्वय गर्दैन आइएससी

25 March, 2018

आइएससी ठगी धन्दामा लागेको आरोप

बैदेशिक रोजगारीका लागि मलेसिया जान लागेका रुकुमका ताराप्रसाद खत्री फिङ्गर प्रिन्टमा पास भए । उनले उही मार्च १३ तारिखका दिन महाराजगंजमा रहेको इमिग्रेसन सेक्युरिटी क्लियरेन्समा गएर फिङ्गर प्रिन्ट गरेका थिए।

फिङ्गर प्रिन्टका लागि ३२ सय रुपैयाँ तिर्नुपर्छ। फिङ्गर प्रिन्टमा पास भएतापनि उनलाई नेपालस्थित मलेसियन दुतावासले भिसा दिएन्। कारण बुझ्दै गर्दा खत्री मलेसियन अध्यागमनको कालोसुचीमा रहेछन्। केही वर्ष अघि उनी मलेसियाबाट नै फर्किएका थिए।

 

उनले भिसा नपाएपछि नेपालमा रहेको इमिग्रेसन सेक्युरिटी क्लियरेन्सले मलेसियन अध्यागमनसँग सहकार्य नगरी काम गर्दै आएको खुल्न आएको छ। नेपालमा गरिने फिङ्गर प्रिन्ट मलेसियन दुतावासको अध्यागमनसँग नगरी रकम असुलीका लागि गरिएको खत्रीले आरोप लगाएका छन्।

 

आइएससीले दैनिक रूपमा ७०० को हाराहरी कामदारहरुबाट २०-२५ लाख असुली रहेको छ। आइएससीले पास गरेको ब्यक्ति दुतावासले भिसा रिजेक्ट गर्नु ठगी धन्दा पुष्टि भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आरोप लगाएको छ।

 

मलेसिया जाने कामदारहरुलाई आर्थिक भार पार्ने भीएलएन, ओएससी, जीएसजी ,बायोमेट्रिक, माइग्राम्स नामक संस्थाहरुको ठगी गरिरहेको संघका अध्यक्ष रोहन गुरुङले बताए।

 

नेपाल बैदेशिक रोजगार ब्यवसायी संघले यस्ता थुप्रै घटना को दस्तावेज सहित तत्कालिन आईजीपी उपेन्द्र अर्याल र हालका मुख्य सचिब लोकदर्शन रेग्मीलाई जानकारी गराएको थियो। आइएससी ठगी धन्दा मा नेपाल सरकारकै संरक्षण रहेको आंशका संघले गरेको छ।

 

यस विषयमा तत्कालिन ब्यबस्थापिका संसद अन्तराष्ट्रिय श्रम समितिले जीएसजी ,भीएलएन ,ओएससको काम कारोबार रोकेर कारबाही गर्न गृहलाई निर्देशन दिएको थियो तर त्यो फ़ाइल दराज भित्र थन्किनुपछि यसमा शंका गर्ने ठाउँ धेरै भएको गुरुङको भनाइ छ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024