मदिरा सेवनबाट मलेसियामा मृत्यु भएका कामदारहरुको पहिचान खुल्यो

19 Sep, 2018

विषाक्त मदिरा सेवनका कारण १६ जना विरामी ।

मलेसियामा मृत्यु भएका नेपाली कामदारहरुको पहिचान खुलेको छ । मलेसियास्थित नेपाली दूतावासले बुधबार प्रेस वक्त्वय जारी गर्दै ७ जना नेपालीको मृत्यु भएको जनाएको छ ।

विषाक्त मदिरा सेवनपछि उनीहरुको मृत्यु भएको दूतावासले जनाएको छ। मृत्यु हुनेहरुमा बसेरी-३ धादिङका मिमबहादुर घले, मसिना-६ रुपन्देहीका रामकुमार यादव,अमरगढी-५ डडेल्धुराका विशाल बुढाथोकी, पश्चिमकुसाहा-९ सुनसरीका संजय उराव, सिद्धिथुम्का-९ इलामका बलबहादुर कुलुंग र आइतसिंह गोले रहेका छन्।

गोलेको पहिचान एकिन हुन बाँकी रहेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। घलेको उपचारका क्रममा काजाङ अस्पतालमा मृत्यु भएकोरअन्यको सुंगाइबुलो अस्पतालमा मृत्यु भएको दूतावासद्वारा जारी गरिएको वक्तव्यमा उल्लेख छ।

विषाक्त मदिरा सेवनपछि बिरामी भएका अन्य १६ जनाको मलेसियाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

दूतावसले असुरक्षित मदिरा अत्याधिक सेवनको कारणले मृत्यु हुने र मादक पदार्थ सेवनको कारण अन्य दुखःद घटनाहरु यसअघि पनि घट्ने गरेतापनि यति ठूलो स‌ंख्यामा हताहति भएको यो पहिलो पटक भएको जनाएको छ।

यो घटना मलेसियाको सेलांगोर राज्यका विभिन्न स्थानहरुमाभएको थियो।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024