भ्रमण शंकास्पद् देखिएपछि रोमानिया र कोस्टारिका हिंडेका १७ नेपालीलाई अध्यागमनले रोक्यो

20 November, 2024

रोमानिया र कोस्टारिका हिंडेका १७ जना नेपालीलाई अध्यागमन अधिकारीहरूले रोकेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ जान लागेका उनीहरूको यात्रा शंकास्पद देखिएको स्रोतको भनाइ छ।

भ्रमणका विषयमा उनीहरूले स्पष्ट जवाफ दिन नसकेपछि रोमानिया हिंडेका १० जना र कोस्टारिका हिंडेका ७ जनालाई ती अधिकारीहरूले रोकेका थिए।

स्रोतका अनुसार रोमानिया जानेमा सन्दीप विक, सृष्टि सिंह, हरि कँडेल, रोशनी परियार, नवराज डिसी, विकल सुनुवार, प्राप्ती अर्याल, कृष्ण सुवेदी, सुरज पराजुली र रिक कुमार थापा रहेका छन्। 

त्यस्तै कोस्टारिका जानेमा सुस्मिता घर्तीमगर, केसबहादु विक, धनबहादुर राना, सतेन्द्र ढकाल, जितेन्द्र परियार, हिमाल गुरुङ र रमा बहादुर खवास रहेका छन्। 

अघिल्लो साता उत्तर अमेरिकी देश कोस्टारिकाले ८ जना नेपालीको भिसा रद्द गरिदिएको छ। भिसा रद्द गरिदिएपछि कोस्टारिका पुगेका उनीहरू शनिबार काठमाडौं फर्किएका थिए। पछिल्लो समय अवैधानिक तरिकाले वैदेशिक रोजगारीमा जानेहरू बढिरहेका छन्। आकर्षक तलब पाउने आश्वासनमा नेपालीहरू गैरकानुनी बाटो रोज्ने गरेको बताइन्छ। 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024