भोजपुरमा पाँच जनामा कोरोना पुष्टि

5 June, 2020

भोजपुरमा भारतबाट आएका ५ जनामा कोरोना पुष्टि भएको छ । अरुण गाउँपालिकाको जरायोटारस्थित होल्डिङ एरियामा रहेका षडानन्द नगरपालिकाका ८ र १२ नम्बर वडाका १७, १९, २९ , ३० र ३२ वर्ष उमेरका ५ जना पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।  उनीहरुसँगै स्वाव लिइएको अन्यको भने रिपोर्ट नेगेटिभ आएको जनाएको छ । 

कामका सिलसिलामा भारत गएका उनिहरुलाई गत १३ गते रुपन्देहीको सुनौली नाकाबाट उद्दार गरेर ल्याईएको थियो । उनिसहित ४० जनाको स्वाव लिएर परिक्षणका लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको थियो । यो सँगै भोजपुरमा संक्रमितको संख्या ६ पुगेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024