अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा हुने अनियमितता मानव तस्करीलाई विभन्न ६ उपाय अपनाउने बताएका छन्।
विभागको कार्यकक्षमा आइतबार गरेको पत्रकार सम्मेलन मार्फत उनले भिजिट भिसामा देखिएको समस्या कुशासन र अनियमिततालाई रोक्न ६ वटा उपाय अपनाउने बताएका हुन्।
भिजिट भिसामा प्रस्थान गर्ने नेपालीका लागि विभिन्नि समयमा जारी भएका मापदण्ड/निर्देशन खारेज गरी सहज र सरल बनाउने, हैसियत जाँचेर नरोक्ने तर कागजात फर्जी तथा शंकास्पद फेला परे अफलोड होइन, सिधै प्रहरीको जिम्मा लगाउने र अनुसन्धान प्रक्रिया अगाडि बढाउने, संभव भएसम्म रोक्ने होइन, बीमा/भविष्यमा पर्ने दायित्व व्यहोर्ने निश्चित रकम कोषमा योगदान गर्न लगाउने, प्रस्थान अघि सू–सूचित गर्ने, उच्चस्तरीय छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि विस्तृत कार्ययोजना तयार पारिने, नेपाल प्रहरी राष्ट्रिय अनुसन्धान विभाग सहितको टोली वनाएर ट्राभल एजेन्सी एयरलाइन्स कम्पनी लगायतका कार्यको सुक्ष्म निगरानी गर्ने प्रमुख उपाए लगाउने अध्यागमन विभागका प्रभुख तिवारीको योजना रहेको छ।
उनले भिजिट भिषा मानवेचविखन वा मानव तस्करी नभएको समते जिकिर गरेका छन्। ‘हामीले यस (भिजिट भिसा प्रकरण) लाई मानव बेचबिखन भनिरहेका छौँ। मानव बेचबिखन र भिजिट भिसामा भएको अनियमिततालाई एउटै डालोमा हालेको देख्छु,’ महानिर्देशक तिवारीले भने।
उनका अनुसार भिजिट भिसामा भएको अनियमितता वा कुशासन हो, तर त्यो मानव तस्करी होइन। उनले कानुनले पनि यसलाई फरक रूपमा परिभाषित गरेको बताए। ‘कानुनले नै फरक रुपमा परिभाषित गरेको छ।
उनले भिजिट भिसामा विदेश जाने नागरिकप्रति समाज र राज्यले हेर्ने दृष्टिकोणमा समेत दोहोरो मापदण्ड रहेको बताए। विदेशमा गएर सफल हुनेलाई राज्यको सम्पत्ति र गौरव मान्ने तर समस्यामा पर्नेलाई तिरस्कार गर्ने सामाजिक मनोविज्ञानले सही नीति निर्माणमा बाधा उनले दावी गरे।
उनले यो विषयमा समस्या आएपछि श्रम स्वीकृति प्रणालीलाई बाध्यता होइन छनौटको विषय कसरी बनाउने भन्ने विषयमा ध्यान दिई सोही अनुरुपको सुधार गर्ने, राहदानी वितरणको समयदेखि नै सु–सूचित गर्ने प्रणाली अवलम्बन गर्ने, विदेशमा गएर आफै काम खोज्नेलाई समेत निश्चित समयभित्र श्रम व्यवस्थापन सूचना प्रणालीमा आवद्ध हुने व्यवस्था मिलाउने, श्रम/मानव अधिकारको हिसाबले जोखिमपूर्ण मुलुकमा कुटनैतिक सक्रियता मार्फत संरक्षण गर्ने नीति अख्तियार गर्ने, श्रम आप्रवासनको हरेक चरणमा सहभागी हुने सबै संस्था/एजेन्सीलाई उत्तरदायी बनाउने विषयमा विभाग सजग रहेको बताए।
‘भिजिट भिसामा गएर कोही एनआरएनको ठुलो पदमा पुग्यो र हामी जाँदा उपहार दिन सक्ने भयो भने त्यो राज्यको सम्पत्ति भयो। तर, कोही काम नपाएर दुःखमा पर्यो भने हामी त्यसलाई फरक नजरले हेर्छौँ,’ महानिर्दैक तिवारीले भने, ‘दुःख पाएर आएको नागरिक र भिजिट भिसामा गएर पदाधिकारी बनेर आएकोलाई हेर्ने हाम्रो दृष्टिकोण एउटै हुनुपर्छ।’
सफल होस् वा असफल, विदेशमा रहेका हरेक नागरिकप्रति राज्यको समान दायित्व हुने र समस्यामा परेकालाई उद्धार गर्नु पनि सामाजिक न्यायको भएको पनि राज्यको ध्यानकर्षण हुने उनले बताए।
उनले अध्यागमन सुधारको केन्दबिन्दु व्यक्ति नभई प्रणाली हुनुपर्नेमा बताए। ‘व्यक्ति परिवर्तन गरे मात्र अध्यागमनको समस्या समाधान हुँदैन। संसारमा कहीँ पनि व्यक्ति राम्रो खोजेर सुशासन हुँदैन, प्रणाली राम्रो बनाउनुपर्छ’, उनले तिवारीले आफ्नो कार्यकालमा कुनै पनि प्रकारको मानव बेचबिखन वा ठुलो भ्रष्टाचारमा आफू संलग्न नहुने भन्दै कर्मचारीको स्वेच्छाचारी अधिकारलाई घटाउने र सेटिङ तथा भ्रष्टाचारको सम्भावनालाई न्यूनीकरण गर्ने वस्तुगत मापदण्डमा आधारित प्रणाली निर्माण गर्ने प्रतिबद्धता जनाए।
विगत २० वर्षदेखि भिजिट भिसाको समस्या जहाँको त्यहीँ रहेको भन्दै उनले नीतिगत द्विविधाको अन्त्य गर्नुपर्नेमा जोड दिए। दुई दशकदेखि अध्यागमनसँग सम्बन्धित सबै सरोकारवालको ध्यान नेपालीको ‘प्रस्थान’ मा मात्रै केन्द्रित भएकोमा उनको गुनासो थियो।
‘भिजिट भिसामा जाने कसैको क्षमता छ कि छैन, लुकेर बस्छ कि बन्दैन भनेर सोच्ने गरे पनि विदेशीहरू कुन उद्देश्यले नेपाल आउँछन् र आएर के गर्छन् भन्नेमा कसैले ध्यान दिइएन’, उनले भने।
उनले भिजिट भिसा समस्या हाम्रो शासकीय कमजोरी, कमजोर प्रणालीगत सुशासनको प्रतिबिम्ब हो भएको पनि स्वीकार गरेका छन्।