भारतमा मृत्यु भएका दाङका एक व्यक्तिमा कोरोना पुष्टि

7 June, 2020

नारायण खड्का

भारतमा मृत्यु भएका दाङका एक व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको छ।

घोराही उपमहानगरपालिका वडा नं. १८ अम्वापुरका अन्दाजी ४० वर्षीय व्यक्तिको मृत्युपछि आइतबार दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिवाट गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उनको मृत्यु ३ दिन अगाडि दिल्लीमा भएको र अन्तिम संस्कारका लागि दाङ ल्याइएको भएपनि आशंका लागेर स्वाब परीक्षण गरिएको जानकारी दिए। 

मृतकको शव आइतबार विहान ६ बजेतिर घोराही ल्याइए पनि रिपोर्ट नआएकाले गाडीसहित कटुवा खोलामा पार्किङ गरेर राखिएको थियो। स्वाबको परीक्षण रिपोर्ट आएपछि मात्रै शव व्यवस्थापनको लागि नेपाली सेनाले तयारी थालेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए।

उनी मजदुरीको सिलसिलामा भारतमा पुगेको र प्रेसर तथा दमको विरामी भएको आफन्तले बताएका छन्। 

शव ल्याएर दाङ आएका एक जना आफन्तलाई क्वारेन्टिनमा राखिएको प्रअिज रिजालले बताए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024