भारतमा मृत्यु भएका दाङका एक व्यक्तिमा कोरोना

7 June, 2020

दुर्गालाल केसी 

दाङ — भारतमा मृत्यु भएका दाङका एक पुरूषमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। घोराही उपमहानगरपालिका १८ अम्वापुरका ६० वर्षीय पुरूषको मृत्युपछि आइतबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो।

भारतको राजस्थानमा मजदूरी गर्दै गएका ती पुरूषको बिरामी भएर तीन दिनअघि नयाँ दिल्लीमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

दमका रोगी रहेका ती व्यक्ती उपचारका लागि नयाँ दिल्ली गएका थिए । अन्तिम संस्कारका लागि उनलाई साथमै रहेका आफन्तहरूले आइतबार दाङ ल्याएपछि आशंका लागेर स्वाब परीक्षण गरिएको थियो ।

अहिले नेपाली सेनाले शव व्यवस्थापन गर्ने तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए। उनलाई लिएर आउने सबैलाई ट्रेसिङ गरिएको उनले बताए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024