भने अनुसारको तलब नपाएका ८ युवालाई नेपाल फर्काइयो

21 March, 2018

ओमानको सोहारमा रहेको एक कम्पनीमा स्काफोल्डिङको काम गर्न पुगेका आठ जना नेपालीलाई नेपाल फर्काइएको छ । उनीहरुले करार सम्झाता बमोजिमको सुविधा नपाएको भन्दै नेपाली दूतावास ओमानमा उजुरी गरेका थिए । उनीहरुलाई मंगलबार नेपाल फर्काइएको दूतावासले जनाएको छ । द्वारिकाप्रसाद चौधरी, रामु गिरी, राजकुमार तामाङ, देवबहादुर बिक, ज्ञानबहादुर थापा, विक्रम राई, राजेन्द्र गिरी र तेजेन्द्र रानालाई नेपाल फर्काइएको हो । 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024