प्रहरीद्वारा १७ म्यानपावर कम्पनीमा छापा

25 Feb, 2016

प्रहरीले वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा १७ वटा म्यान पावर कम्पनीमा छापा मारेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले पैसा उठाएर विदेश नपठाउने, विदेश पुर्‍याएर अलपत्र पारेको र सरकारले तोकेको मापदण्ड भन्दा बढी पैसा लिएको उजुरीपरेछि छापा मारेको जानकारी दिए ।

 

‘व्यपार गर्न पाइन्छ तर कानुनको परिधिमा बसेरमात्र नत्र कारवाहीको विकल्प अरु छैन’ उनले भने,‘ पैसा कमाउन पाइन्छ दु:ख दिएर कमाउन पाइदैन ।’ उनका अनुसार क्यापिटल रिक्रुमेन्ट सर्भिस, दि रिभर ओभरसिज, सान इन्टरनेशनल, गोरखा नेपाली रिक्रुमेन्ट, इन्नोभेटिभ ह्युमन रिसोर्स प्रालिमा छापा मारेको छ ।

 

त्यसैगरी नेपाली रिक्रुटिङ, भेरी–कर्णाली इन्टरनेशनल, कावेली ओभरसिज, नेल्को इन्टरनेशल, एवी इम्पलइमेन्ट, सन्ना इन्टरनेशल, अल सेक्युर प्रालि, विधि ओभरसिज, लाइफ लाइन ओभरसिज,  शिखर इन्टर नेशनल, एसआरएस सर्भिसज प्रालिमा छापा मारेको उनले बताए । ‘छापामारि कागजात नियन्त्रण लिएका छौ उनले भने, ‘थप अनुसन्धान जारी छ ।

 

साथै विभिन्न ओभरसिजका मालिक तथा कामदार गरि ८ जनालाई पक्राउ गरेको उनले बताए । अन्य म्यानपावर विरुद्ध पनि ठगीको उजुरी परेको भन्दै उनले अनुसन्धान जारी रहेको बताए । ‘युवालाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने गिरोह नै सक्रिय छ’ उनले भने,‘तिनलाई छोडिदैन ।

 

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024