प्रवासी नेपालीद्वारा श्रमिकलाई राहत

8 June, 2020

२६ जेठ, काठमाडौं । रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीहरूले कोभिड-१९ महामारीबाट प्रभावित नेपालीहरूका लागि राहत वितरण गरेका छन् । अमेरिका, पोर्चुगल, बेलायत लगायतका देशका नेपालीहरूले काठमाडौं हनुमानढोका क्षेत्रका ३८ परिवारलाई राहत वितरण गरेका हुन ।

प्रतिपरिवार एक बोरा चामल, तीन केजी दाल, तीन लिटर खानेतेल, पाँच केजी आलु, पाँच केजी प्याज र एक कार्टुन चाउचाउ उपलब्ध गराईएको सहयोगी मध्येकी खुशी राईले जानकारी दिइन् । दैनिक ज्याला मजदुरी गरेर खानेहरूलाई लक्षित गरेर राहत अभियान जारी राखेको उनको भनाइ छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024