नौ महिनामा ११ खर्ब ९१ अर्ब विप्रेषण भित्रियो : राष्ट्र बैंक

13 May, 2025

विप्रेषण आप्रवाह बढेको छ। नेपाल राष्ट्र बैंकको विवरणअनुसार चालु आर्थिक वर्षको नौ महिनामा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १० प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले बढेर ८ अर्ब ७४ करोड पुगेको छ। अघिल्लो वर्ष सोही प्रकृतिको आप्रवाह १५.२ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद द्वितीय आय १३ खर्ब १ अर्ब ९४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा ११ खर्ब ७४ अर्ब ५४ करोड थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ५८ हजार २२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६५२ रहेको छ। रासस

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024