नेपाली कार्यबाहक राजदुत फुँयाल र यूएईका मानव संसाधन मन्त्रीबीच भेटवार्ता

20 December, 2018

लक्ष्मण  खनाल

यूएईका लागि नेपाली कार्यबाहक राजदुत सागर फुँयालले यूएईका मानव संसाधन मन्त्री नासेर थानी अल हाम्लीसँग भेटवार्ता गरेका छन् । मन्त्री हाम्लीको निमन्त्रणामा अबुधाबी स्थित उनकै कार्यकक्षमा मंगलबार भेटवर्ता भएको नेपाली दुताबासले जनाएको छ ।

भेटवार्तामा दुई पक्षीय आपसी सम्बन्ध र श्रम सम्झौताको बिषयमा कुराकानी भएको कार्यबाहक राजदुत फुँयालले बताए । नेपाली कामदारको यूएर्इमा भोग्नु परेका समस्या र अधिकारका बिषयमा छलफल भएको उनले बताए । ‘श्रम सम्झौता र भिजिट भिसाको नाममा नेपालबाट भइरहेको मानव तस्करी र रोकथामको बिषयमा छलफल भएको छ’ ।  

 

जवाफमा मन्त्री नासेर थानी अल हाम्लीले युएई सरकार नेपाली कामदारको हकहीतको पक्षमा रहेको बताए । बैदेशिक रोजगारमा सबैभन्दा बढी नेपालीहरु जाने खाडी मुलुकहरुसँग नेपालले हालसम्म दोहोरो श्रम सम्झौता गर्न सकेको छैन ।

 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024