नुवाकोटमा प्रहरीलाई वैदेशिक रोजगार सम्बन्धी अभिमुखिकरण

13 March, 2018

विजय भुसाल

नुवाकोटमा प्रहरीलाई सुरक्षित वैदेशिक रोजगारीका बारेमा अभिमुखिकरण गरिएको छ । वैदेशिक रोजगारीका क्रममा आइपर्ने समस्या व्यवस्थापन र पीडितलाई न्याय दिन स्थानीय स्तरमा कार्यरत प्रहरीको भुमिका सम्वन्धी २ दिने अभिमुखिकरण गरिएको हो । 

सुरक्षित आप्रवासन परियोजना सामीले कार्यक्रममा ५८ जना प्रहरी सहभागी थिए ।  सामीका जिल्ला कार्यक्रम संयोजक कमल रोकायले उद्घाटन गर्नुभएको कार्यक्रममासामीका जिल्ला संयोजक पुस्कर शर्मा रिमालले जिल्लाको वैदेशिक रोजगारीको स्थितीका बारेमा जानकारी गराउनुभएको थियो । 

 

उहाँले नुवाकोटबाट विदेश जानेहरुमध्ये ३४ दशमलव ९० प्रतिशत रहेको भन्दै त्यसमा पनि धेरै काम नसिकी जाने गरेको पाइएको बताउनुभयो । त्यसैगरी श्रम मन्त्रालय अन्तर्गत सामीका कार्यक्रम अधिकृत राजन श्रेष्ठले वैदेशिक रोजगारीमा प्रहरीको भूमिका रसुचना केन्द्रले दिने सेवा, विदेश जानुअघि ख्याल गर्नुपर्ने कुरा, निशुल्क रुपमा सिक्न पाइने सीप तालिम, समस्यामा पर्दा ख्याल गर्नुपर्ने कुरा बारे जानकारी गराउनुभएको थियो ।

 

नेपाल प्रहरी स्थानीय स्तरमै परिचालन हुने र वैदेशिक रोजगारीका समस्या पहिले प्रहरीमा नै आउने भएकोले प्रहरीलाई अभिमुखिकरण गरिएको हो । कार्यक्रममा सहभागी प्रहरी जवान हेमन्त चौधरीले कार्यक्रमबाट पाएको जानकारी महत्वपूर्ण रहेको भन्दै वैदेशिक रोजगारीका बारेमा जानकारी दिने सामग्री जिल्लाका सबै प्रहरी बिटमा पुर्याइदिन पनि आग्रह गर्नुभयो ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024