निर्माणाधीन पुल भाँचिएर तीन कामदारको मृत्यु, तीन घाइते

16 June, 2025

सरोज शर्मा

मेची राजमार्गको हेवाँ खोला मडुलर ब्रिज भाँचिएर घाइते भएका ६ मध्ये तीन जनाको मृत्यु भएको छ।

घाइते मध्ये बाराको सिमरा उमनपा १२ का वर्ष २२ का रूपलाल चौधरी, सोही ठाउँका वर्ष २७ का राजन चौधरी र वर्ष २२ का राकेश चौधरीको मृत्यु भएको हो।

उनीहरूलाई हिजो साँझ जिल्ला अस्पताल पाँचथरबाट टिचिङ अस्पताल बिराटनगर रेफर गरिएको थियो। उनीहरूको शव सोही अस्पतालमा राखिएको छ।

घाइते अन्य तीन जनाको उपचार जारी छ। घाइते हुनेमा भुलेस्वर, प्रकाश र अभिषेक चौधरीको उपचार भइरहेको हो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024