झापाको ओमकार रेडिमेन्स कङ्क्रिट उद्योगमा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-४ निवासी २८ वर्षीय राजीव राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गएराति ११ बजे बिर्तामोड २ चारपानेस्थित लालमाटीमा रहेको कङ्क्रिट उद्योगमा हेल्परको काम गर्ने राजवंशी मिक्स्चर मेसिन सफा गर्ने क्रममा मेसिनमा हिल्टि हान्दा करेन्ट लागेको थियो।
घाइते अवस्थामा बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोलीले घटनाको बारेमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।