खाडीमा घरेलु कामदारलाई बाटो खुल्यो

22 August, 2019

तुलसी सुवेदी

बिदामा स्वदेश आएका महिला कामदार आफू काम गर्ने मुलुक फर्कन पाउने भएका छन्। संसद्को श्रम समितिको बुधबार बसेको बैठकले बिदामा आएर फर्कन नपाएका महिला कामदारलाई फर्कन बाटो खोल्ने निर्णय गरेको हो।

सरकारले २०७२ देखि घरेलु कामदारका रुपमा काम गर्न जाने महिलालाई श्रम स्वीकृत दिन रोकेको छ। असुरक्षाका कारण तत्कालीन संसद्को समितिले महिला कामदारलाई प्रतिबन्ध लगाउदा अवैधानिक बाटोबाट विदेश जानेहरू बढेका छन्।श्रम मन्त्रालयका अनुसार एक हजार भन्दा बढी महिला बिदामा आएर पुनः रोजगारीमा जान पाएका छैनन्।

समितिका सभापती विमल श्रीवास्तवले बिदामा आएर निवेदन दिएका कामदारलाई श्रम स्वीकृतिप दिन निर्देशन दिएको बताए।नयाँ श्रम स्वीकृतिका लागि समिति र सरकारका प्रतिनिधिले अनुगमन गरेर प्रतिवेदन बुझाएपछि मात्रै निर्णय गरिने श्रीवास्तवले बताए।बैठकमा श्रम मन्त्री गोकर्ण विष्ट लगायत मन्त्रालयका अधिकारीको उपस्थिति थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024