कोरियाले खुलाउने भयो सन् २०२५ को इपिएस भाषा परीक्षा

4 August, 2025

दक्षिण कोरियाले सन् २०२५ का लागि भाषा परीक्षा सञ्चालन गर्ने भएको छ।

यही साउन २६ गतेदेखि ३१ गतेसम्म भाषा परीक्षाका लागि आवेदन खुला गर्ने कोरियाली मानव संसाधन विकास सेवा (एचआरडी कोरिया) ले जनाएको छ।

एचआरडी कोरियाले वेबसाइटमार्फत् यो जानकारी गराएको हो। कुन कुन क्षेत्रका लागि परीक्षा हुने र कति संख्यामा लैजाने भन्ने विषयमा भने खुलाएको छैन।

कोरियाली भाषा अध्ययन गरिरहेका धेरै युवाहरू अहिले परीक्षाको पर्खाइमा छन्। परीक्षा कहिलेदेखि हुने भन्ने जानकारी आइसकेको छैन।

दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्र, कृषि, पानीजहाज निर्माण लगायत क्षेत्रमा श्रमिक लैजाँदै आएको छ।

नेपालबाट सन् २००८ देखि इपिएस प्रणालीबाट श्रमिक लैजान थालेको हो। पछिल्ला वर्षहरूमा वार्षिक १० हजार हाराहारी नेपालीहरू लैजाँदै आएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024