कोरियामा मृत्यु भएका कमलको शव नेपाल ल्याइयो

25 August, 2025

दक्षिण कोरियामा मृत्यु भएका उदयपुरको चौदण्डीगढी–५ बेल्हा निवासी कमल चौधरीको शव नेपाल ल्याइएको छ ।

कतार एयरलायन्सको विमानर्फत उनको शव नेपाल ल्याइएको हो । शव आफन्तले बुझेर त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगार बोर्डको शव बहानमा घर लिएका छन् ।

विगत डेढ महिनादेखि कोरियाको बुसानस्थित अस्पतालमा कोमामा अचेत अवस्थामा रहेका चौधरीको अघिल्लो सोमबार निधन भएको थियो । ईपीएस मार्फत कोरिया गएका उनी केही समयदेखि कम्पनी छोडेर बसेका थिए ।

काम खोज्दै सेल्टरमा बसिरहेको अवस्थामा उनी एकाएक ढलेपछि अस्पताल लगिएको थियो । अचेत अवस्थामै उपचारको क्रममा उनको निधन भएको थियो ।

उपचारको क्रममा उनको १७ लाख रूपैयाँ खर्च भएको थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024