कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु

18 March, 2018

ईपीएस मार्फत रोजगारीका लागि दक्षिण कोरिया गएका एक नेपालीको सुतेको अवस्थामा मृत्यु भएको छ । स्याङ्जा घर भएका ३७ वर्षिय थापा थरका ती नेपालीको सुतेको अवस्थामा निधन भएको हो । कोरियाको फेन्तेकस्थित कम्पनीमा कार्यरत थापा झण्डै ७ महिना अघि मात्र कोरिया गएका थिए । राति राम्रो अवस्थामा सुतेको थापा बिहान नउठेपछि साथीले कम्पनी र प्रहरीलाई खबर गरेको थिए । थापाको शव फेन्तेकस्थित अस्पतालमा राखेको छ । सउलस्थित दूतावासले पनि घटनाबारे कोरियन प्रहरीले जानकारी गराएको र विस्तृत विवरण आउन बाँकी रहेको बताएको छ । दूतावासका उपनियोग प्रमूख किरण शाक्यका अनुसार घटनाका बारेमा नेपालमा रहेका परिवारलाई खबर गर्ने काम भइरहेको छ ।

 

कोरियामा सुतेको अवस्थामा अप्रत्यासित निधन हुने, डिप्रेशनमा परेर आत्महत्या गर्ने, कार्यस्थलत तथा दुर्घटनामा नेपालीको ज्यान जाने क्रम बढेको भन्दै केही महिना अघि नेपाली चिकित्सकसहितको सरकारी अधिकारीको टोलीले कोरियाको विभिन्न स्थानमा नेपालीले काम गर्ने कम्पनी र कृषि फार्मको निरीक्षण र अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो । यद्यपि उक्त टोलीले सुतेको अवस्थामा हुने मृत्युका घटना बारे गरिएको निरिक्षण र अवलोकनका रिपोर्ट अझै सार्वजानिक भने गरेको छैन् ।

 

Published: 18 March 2018 | Madhyanha

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024