कुवेतवाट १४ घरेलु कामदार उद्धार

28 December, 2018

कुवेतस्थित नेपाली दूतावासले १४ जना घरेलु कामदार (हाउसमेड)लाई उद्धार गरी स्वदेश पठाएको छ ।

 

लामो समयसम्म तलब नपाई भागेर दूतावासमा आएका हाउसमेडलाई स्वदेश पठाएको हो । उनीहरुलाई दूतावासको अनुरोधमा कुवेतको सरकारी सेल्टरमा राखेको थियो । सेल्टरमा उनीहरुले ३ महिनासम्म आश्रय लिएका थिए ।

 

दूतावासले उनीहरुलाई एयर अरेबियाको फ्लाइटबाट बुधबार स्वदेश पठाएको हो ।

 

Published: 28 December 2018 | Kantipur

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024