कस्तो हो सरकारले बनाउन लागेको श्रमिक बैंक?

9 January, 2020

मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आफूले १ महिनामा गरेको काम र आगामी ३ महिनाको कार्यायोजना सार्वजनिक गरे।

मन्त्री यादवले ३ महिने कार्यायोजनामा रहेको २५ ओटा बुंदा बाहेक पनि केही कार्यक्रमको योजना सुनाए।त्यो मध्य एक हो श्रमिक बैंक।उनले श्रमिक बैंकको बारेमा पनि अध्ययनको लागि कार्यदल गठन भइसकेको र अध्ययनपछि निचोड निस्किने जानकारी दिए।

श्रमिक बैंकको प्रारम्भिक अवधारणा मात्र तय भएकाले कार्यदलको प्रतिवेदनपछि मात्र बाकीँ कुरा अगाडि बढ्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले बताए।

‘हाल सरकारसगँ कति जनताले कति पढेका छन्, कति दक्ष छन्, के–के जानेका छन् भन्ने जानकारी छैन।

यो प्ल्याटफर्मले यी सबै जानकारी समेट्छ,’ केसीले सेतापाटीसगँ भने ‘यसमा दर्ता भएका श्रमिकलाई रोजगारदाताले आवश्यकता र क्षमताअनुसार सजिलै रोजगारी दिन सक्नेछन्।’

प्ल्याटफर्मले कस्तो हुने, कसरी संचालन गर्ने लगायतको कुरा भने कार्यदलको प्रतिवेदन आएपछि मात्रै थाहा हुने सचिव केसीले जानकारी दिए।

उक्त प्ल्याटफर्ममार्फत रोजगारदाताले सजिलै आफूलाई चाहिने योग्यताको श्रमिक पाउँनेछन् भने श्रमिकले सजिलै रोजगारी पाउँन सक्नेछन्।यस प्ल्याटफर्ममा दक्ष, अर्धदक्ष र अदक्ष सबै प्रकारका श्रमिक जोडिनसक्ने केसीले बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024