एनआरएनएले विदेशमा रहेका नेपाली फर्काउन सहजीकरण गर्ने

31 May, 2020

विदेशमा रहेका नेपाली फर्काउन गैरआवासीय नेपाली संघले सरकारलाई सघाउने भएको छ। सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णयको संघले स्वागत गरेको छ। 

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारको निर्णयको स्वागत गर्दै प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गरे। उनले अप्ठ्यारोमा परेका नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल फर्काउन गैरआवासीय नेपाली संघ सहजीकरणका लागि तत्पर रहेको बताए। 

यसैबीच गैरआवासीय नेपाली संघले शनिवार आफ्ना राष्ट्रिय समन्वय परिषदहरुसँग छुट्टै छलफल गरेको छ। विश्वभर छरिएका ८० भन्दा बढी शाखाहरुमा कोभिड भाइरसले पारेको प्रभाव, राहत र उद्धारको बारेमा राष्ट्रिय समन्वय परिषदसँग छलफल गरिएको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए। छलफल मध्यपूर्वमा रहेका श्रमिकहरुको समस्याको बारेमा केन्द्रीत भएको संघले जनाएको छ। 

बैठकमा करिब तीन दर्जनभन्दा बढी देशस्थित राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुले आ–आफ्ना देशमा रहेका नेपालीका समस्याको बारेमा भनाइहरु राखेका थिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024