उच्च शिक्षाको सपना बोकेका समिरले जापानमा औला गुमाए

19 March, 2018

उच्च शिक्षाको ठूलो सपना संगालेर जापान छिरेका एक नेपालीको मेशिनमा परेर देब्रे हातका औंला गुमेका छन् ।२०१५ को अपि्रल महिनामा जापान आएका सिद्धवन, स्याङ्जाका समिर बोगटीको रामेनको मेशिन सफा गर्दै गर्दा देब्रे हात मेसिनमा परेपछि तीनवटा औंला काटिएका हुन् ।घटना फेब्रुअरी ५ तारिखका दिन ४ः३० बजेतिर भएको अस्पतालको शैय्याबाटै बोगटीले सुनाए ।

 

फुकुओकाको हाकाताकु निशीहारु माची बस्दै आएका बोगटी एक महिनादेखि फुकुओका तोकुसुकाई अस्पतालमा उपचारत छन् । उनको हालसम्म तीन पटक अप्रेशन गरिसकिएको छ । बोगटी भाषा अध्ययन सकाएर तीन वर्षे कोर्षअन्तर्गत कम्प्यूटर सेन्मोन स्कुलमा अध्ययनरत थिए ।

 

परिवारको माया र आत्मियतालाई गाँठो पारेर तीन वर्षअघि सपना साकार पार्न जापान उडेका बोगटीले घटना भएको केही दिनसम्म घरपरिवारलाई सुनाउन नसकेको बताए । ‘पछि दाईलाई सुनाए । तर आमाबावुलाई भनेे भन्न सकिन ।’-२५ वर्षीय बोगटीले भने ।

 

१५/२० दिनपछि ठूलो अप्रेशन गर्नु पर्ने डाक्टरले सुनाएपछि उनले अप्रेशन गर्नुपूर्व आमालाई भाइवरमार्फत भिडियो कल गरेर घटना सुनाएका थिए ।’आमालाई प्रेसर छ’ उनले भावुक हुँदै भने- ‘आमाले सधैं भिडियो कल गर्न भन्नुहुन्थ्यो, तर मैले मोबाइल बिगि्रएको छ भन्दै आमालाई ढाँट्थें ।’

 

बोगटीको नेपालमा आमाबुवा, तीन दाजु, दुई भाउजु छन् । पोखरामा बस्दै आएको बोगटी परिवारको उनी कान्छो छोरा हुन् ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024