ईपीएस भाषा परीक्षा: उत्पादनमुलक क्षेत्रतर्फको पहिलो चरणको नतिजा प्रकाशित, ६ हजार बढी उर्त्तीण

10 April, 2024

काठमाडौं : दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक भएको छ। दक्षिण कोरियाको मानव संसाधन विकास सेवाले मंगलबार नतिजा प्रकाशन गरेको हो।

जसमा ६ हजार ३२१ जना उर्तीण भएका छन्। प्रकाशित नतिजा अनुसार ९२.५ प्रतिशतभन्दा अंक ल्याउने उर्तीण भएका हुन्। पहिलो चरणको परीक्षामा ४७ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए।

दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो। त्यसअन्तर्गत सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024