इजरायलमा ‘केयरगिभर’का लागि छानिए ११७५ जना कामदार (सूचीसहित)

18 October, 2021

वैदेशिक रोजगार विभागले एक हजार ६ सय उम्मेदवारको सूची पठाएको थियो।

भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट योग्य एक हजार छ सय इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबिए) लाई सिफारिस गरेको हो।

सोमबार पिआइबिएले चिठा प्रणालीबाट छनोट गरेर ११७५ जना कामदार सूची सार्वजनिक गरेको हो। ११७५ कामदारमध्ये ८२१ महिला र ३५४ पुरूष छन्।

पिआइबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ। रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन्।

विभागले एक हजार चार सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जनाएको छ।

इजरायल जाँदा लाग्ने शुल्क रोजगारदाताले नव्यहोरेको खण्डमा कामदार स्वयंले व्यहोर्नुपर्ने उल्लेख गरिएको छ।

भिसा, टिकटलगायत खर्च करिब एक लाख ६५ हजार लाग्ने अनुमान विभागको छ।अहिले सरकारले पठाउन लागेका केयरगिभर घरका लागि नभएर संस्थाका लागि भएको विभागले बताएको छ।

विभागकाअनुसार नर्सिङ होम तथा केयर होमलगायत संस्थामा उनीहरूले रोजगारी पाउने छन्।

भिसा अवधि पाँच वर्षको रहेको छ। कमाइ मासिक डेढ लाखभन्दा बढी नेपाली रूपैयाँ हुने उल्लेख छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024