आबुधाबीको बस दुर्घटनामा एक नेपाली कामदारको मृत्यु भएको पुष्टि

17 January, 2020

आबुधाबीस्थित अलराना सडकमा कामदार बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेमा एक जना नेपाली रहेको पुष्टि भएको छ।

बिहीबार अलरानाबाट दुबई जाँदै गरेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो जसमा पाँच जना महिला रहेका थिए भने एक पुरूष रहेको बताइएको छ। ६ जनामध्ये एक नेपाली, एक श्रीलंकाली र चालक पाकिस्तानी ड्राइभर रहेका छन् भने अन्यको तीन जनाको परिचय खुल्न बाँकी रहेको गल्फ न्युजले जनाएको छ।

उनीहरू काम गर्न जाने क्रममा दुर्घटना भएको बताइएको छ।पाकिस्तानी ड्राइभरको घटनास्थलमै मृत्यु भएको थियो भने अन्यको उपचारका क्रममा मृत्यु भएको थियो।सो दुर्घटनामा १९ जना घाइते भएकामा १६ जना नेपाली नै रहेका युएईस्थित नेपाली दूतावासले जनाएको छ।

दुर्घटनापछि ट्राफिक प्रहरीले सार्वजनिक गरेको सिसिटीभी फुटेजमा लरी अगाडि रहेको कारका कारण दुर्घटना भएको देखिएको छ। कारले आफ्नो गाडी सुस्तरी चलाएर मोड्न खोजेपछि लरीले पनि आफ्नो गति सुस्ताएको देखिन्छ। त्यही बेला पछाडिबाट बसले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024