आज विदेशबाट २६७ नेपाली आउँदै

5 June, 2020

विदेशमा अलपत्र नेपालीलाई शुक्रबार (आज) देखि स्वदेश ल्याउने कार्य सुरु हुँदैछ। कोरोना महामारीले विभिन्न मुलुकमा अलपत्र नेपालीमध्ये पहिलो दिन शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) र म्यानमारबाट दुई सय ७६ जना फर्कन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

युएईबाट दुई सय ५० र म्यानमारबाट २६ जना आउँदैछन्। दुवै मुलुकले ती नेपालीलाई ल्याइदिन थालेका हुन्। म्यानमारले आफ्ना नागरिकको उद्धारका लागि नेपाल आउँदा त्यहाँ रहेका नेपालीलाई ल्याइदिने बताइएको छ।

युएईले समस्यामा परेका नेपालीलाई चार्टर्ड उडानमार्फत फर्काउन लागेको हो। केही दिनपछि कुबेतमा आममाफी पाएका तीन हजा पाँच सयलाई त्यहाँको सरकारले फर्काउने तयारी थालेको मन्त्रालयले जनाएको छ। ती नेपाली एक महिनादेखि अस्थायी शिविरमा छन्।

कोरोना महामारीपछि विभिन्न मुलुकबाट करिब १० लाख नेपाली घर फर्कने अनुमान छ। सरकारले पहिलो चरणमा निकै समस्यामा परेकालाई फर्काउने निर्णय गरेको छ। सम्बन्धित मुलुकले नै ल्याइदिने नेपाली आइसकेपछि अरुको उद्धार सुरु हुने मन्त्रालयका अधिकारी बताउँछन्। युएई, कतार, साउदी अरेबिया, मलेसिया जस्ता मुलुकबाट पहिलो चरणमा करिब ४० हजार नेपाली स्वदेश फर्कने अनुमान छ।

पहिलो चरणमा घर फर्कनका लागि सबभन्दा बढी युएईस्थित नेपाली दूतावासले १८ हजारको सूची तयार पारेको छ। कतारका आठ हजार चार सय, साउदीका ६ हजार पाँच सय, मलेसियाका ६ हजार दुई सय, ओमानका सात सय र बहराइनका तीन सय नेपाली घर फर्कन तयार छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024