अशोक स्टिलमा काम गर्ने क्रममा जलेर एक मजदुर घाइते

23 June, 2025

दिवाकर भण्डारी

सिमराः जितपुरसिमरा उपमहानगरपालिका-५ स्थित अशोक स्टिलमा काम गर्ने क्रममा शुक्रबार एक मजदुर घाइते भएका छन्।

घाइते हुनेमा स्थानीय अनिल पासवान रहेका छन्। पासवानको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ। २० वर्षीय पासवानको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेद जोशीले जानकारी दिए।

उद्योगमा काम गर्ने क्रममा ग्याँसको पाइप फुत्किँदा पासवान घाइते भएका थिए। पासवानको अनुहारसहित शरीरको १० प्रतिशत भाग जलेको अस्पतालमा रहेको परिवारले जानकारी दिएका छन्।

जितपुरसिमरा उपमहानगरपालिका-५ का वडाध्यक्ष दीपेन्द्र चौधरीले अस्पतालमा उपचाररत पासवानको अवस्था गम्भीर नरहेको बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024