अवैध कामदारलाई तत्काल उद्धार गर्न सकिँदैन: श्रम मन्त्री

30 Aug, 2020

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीमा गएका तर कागजपत्र नभएर अलपत्र परेका अबैध नेपाली कामदारलाइ तत्काल उद्धार गर्न नसकिने बताएका छन्।

आइतबार पत्रकार सम्ममेलन गर्दै मन्त्री यादवले सर्वोच्च अदालतले श्रम स्विकृती लिएर वैदेशिक रोजगारीमा गएका तर कोभिड-१९ को कारणले रोजगारी गुमाएका श्रमिकलाई मात्र कल्याणकारी कोषको पैसाले स्वदेश फिर्ता गर्न मिल्ने आदेश दिएकोले अवैध कामदारलाई तत्काल उद्धार गर्न उद्धार गर्न नसकिने स्पष्ट पारे।

‘पहिलो कुरा त श्रम स्विकृती नलिएका, भिजिट भिषामा गएका, भिषा भन्दा धेरै समय बसेका, अरु देशको एयरपोर्ट प्रयोग गरी गएकाहरुको हामीसगँ तथ्याङ्क नै छैन। दोस्रो कुरो उद्धारका लागि हामीले सर्वोच्चको आदेशअनुसार निर्देशिका बनाएकाले त्यस्ता श्रमिकलाई कोषको पैसाले उद्धार गर्न सक्दैनौ,’ उनले भने। 

ती श्रमिकलाई उद्धार गर्न निर्देशिकाको दायरालाई फराकिलो बनाउँदै लैजाने मन्त्री यादवले बताए।

‘जुन प्रकृयाबाट गएको भएपनि उनीहरुलाई उद्धार गर्ने कर्तब्य हाम्रो हो। त्यसको लागि हामी निर्देशिकाको ‘क्राइटेरिया’ फराकिलो बनाउने तयारीमा छौं,’ उनले भने।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024