अब कामदारको दैनिक उजुरी सुनुवाई हुने

21 March, 2018

वैदेशिक रोजगार विभागले बुधबार वाहेक दैनिक तीन घण्टा कामदारको उजुरी सुनावाई गर्ने भएको छ । विभागले बुधबार भने ६ घण्टासम्म उजुरी सुन्ने बताएको छ ।

 

मंगलवार एक सूचना प्रकाशित गर्दै विभागले बुधबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म र अन्य पाँच दिन बिहान ११ बजेदेखि २ बजेसम्म उजुरी सुन्ने प्रवन्ध मिलाएको जनाएको छ ।

 

विभागले बुधबार जस्तै अन्य दिनमा पनि छलफलमा प्रतिनिधि पठाइ दिन नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई आग्रह गरेको छ । नवनियुक्त श्रम मन्त्री गोकर्ण बिष्टले गत सोमबार हालको साप्ताहिक रुपमा उजुरी सुन्ने परिपाटीलाई परिवर्तन गरी दैनिक उजुरी सुन्ने व्यवस्था मिलाउन विभागलाई निर्देशन दिएका थिए । गत शुक्रबार मन्त्री बिष्टले पदवहाली गरेका हुन् ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024