नयाँ म्यानपावर दर्ता अहिलेको प्राथमिकता हैन : सरकार

1 April, 2018

नयाँ म्यानपावर दर्ता तत्काललाई रोकिएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले कामदारका समस्यालाई प्राथमिकता दिएर काम थालेकाले म्यानपावर दर्ता अहिलेको प्राथमिकतामा नपरेको बताउनुभयो।

 

‘म्यानपावर नभएको भए त दर्ता रोकियो भन्ने हुन्थ्यो, म्यानपावर जति पनि छन्, त्यसैले हामीले अहिले वैदेशिक रोजगार क्षेत्रलाई सुधार गर्ने कामलाई प्राथमिकतामा राखेका छौ,’ उहाँले भन्नुभयो ।

 

वैदेशिक रोजगारीका सिलसिलामा समस्यामा परेका कामदारको राहात, उद्दार लगायत बिभिन्न विषयलाई प्रथामिकतामा राखेर काम गरिरहेको पनि उहाँले बताउनुभयो ।

 

पहिले नै प्रक्रिया पूरा गरेको केही नयाँ म्यानपावर दर्ता भए पनि अहिले आदेश लिएर आउने केही व्यवसायीलाई म्यानपावर दर्ताको प्रक्रियामा नजान आग्रह गरिएको उहाँको भनाइ छ ।

 

यो वर्ष मात्रै अदालत, प्रधानमन्त्री कार्यालय र मन्त्रीको आदेशमा दुईसय भन्दा बढी म्यानपावर दर्ता भएका छन् । नयाँ म्यानपावर दर्ताका लागि सातलाख रुपैयाँ नगद र २३ लाख रुपैयाँ बैंक ग्यारेन्टीसहित ३० लाख रुपैयाँ धरौटी राख्नु पर्छ । 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024