युएईमा मोटरसाइकल दुघर्टनामा परेका दुई नेपाली जेल परे, जरिवाना पनि तिर्नुपर्ने

27 February, 2018

उमाकान्त पाण्डे

युएईको आवुधाबी मुसाफामा मोटरसाइकल दुघर्टनामा परेर घाइते भएका दुई जना नेपाली जेल चलान भएका छन् । दुघर्टनामा परी गम्भिर घाइते भएका झापाका किरण खरेल र स्याङ्जाका नेत्रबहादुर घर्तीलाई मंगलबार जेल चलान गरिएको हो । दुवैलाई आबुधाबीको अलवात्वा जेलमा राखिएको छ । उनीहरुलाई मदिरा सेवन गरेर मोटरसाइकल चलाएको आरोप लागेको छ । 

त्यही आरोपमा आबुधाबीको तल्लो अदालतले मोटरसाइकल चलाउने खरेललाई १६ हजार दिर्हाम (साढे चार लाख रुपैयाँ) र पछाडि बस्ने घर्तीलाई १० हजार दिर्हाम (तीन लाख रुपैयाँ) जरिवाना सहित जेल सजायका लागि फैसला गरेको थियो । खरेल र घर्तीले अघिल्लो दिन खाएको भए पनि दुघर्टना भएको दिन मदिरा सेवन नगरेकाे बताएका छन् । 

 

‘अघिल्लो दिन मेरो बिदा थियो । नेत्र भाइ युएई आएको केही दिन भएकाले उनका आफन्त भेट्न मुसाफा गएको थिएँ’ खरेलले भन्नुभयो ‘नेत्रसँग कम्पनीको क्याम्पमा फर्किने पैसा नभएकोले लिन आउन भनेपछि मोटरसाइकलमा लिन गएको थिएँ, मुसाफा पुगेर फर्किने बेला आइकार्ड नजिकको राउण्डबोर्डमा दुर्घटनामा पर्‍यौं ।’

 

दुघर्टनामा परेको दिनभर खरेलले ड्युटी समेत गर्नुभएको थियो । दुघर्टनामा परेर गम्भिर घाइते उहाँ सहयोगीबिना दिसापिसाब समेत गर्न सक्नुहुन्न । घर्ती भने स्वास्थ्य सुधार भएपछि काममा फर्किनुभएको थियो ।  घाइते खरेलको अवस्थाबारे उज्यालोमा समाचार प्रकाशन भएको थियो । 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024