युएईमै काम गरिरहेका नेपालीसहित विदेशी कामदारले काम परिवर्तन गर्दा चारित्रिक प्रमाण पत्र (प्रहरी रिपोर्ट) नचाहिने भएको छ ।
युएई जाने नयाँ विदेशी कामदारले ‘वर्क परमिट’ लिनका प्रहरी रिपोर्ट बुझाउनु पर्ने भएपनि युएईमै काम गरिरहेका विदेशी कामदारले स्पोन्सर परिवर्तन गर्दा भिसाका लागि प्रहरी रिपोर्ट नचाहिने युएईको अध्यागमन विभागलाई उधृत गर्दै गल्फ न्युजले जनाएको छ ।
युएईमा काम गर्ने जान चाहनेले आफ्नै देशबाट वा अरु देशमा ५ वर्षदेखि बसिरहेको भए त्यही देशबाट जारी चारित्रिक प्रमाणपत्र पेश गर्नुपर्छ । नयाँ कामदार लागि यो नियम ४ फेब्रुवरी अथवा माघ २१ गतेबाट लागु भएको हो ।