युरोप पठाइदिने भन्दै ठग्ने कन्सल्टेन्सीका सञ्चालकसहित ५ जना पक्राउ

4 February, 2018

युरोप लगायतका देशमा पठाइदिन्छु भन्दै ठग्ने ५ जनालाई प्रहरीले पक्रिएको छ । काठमाडौंको गल्कोपाखा बस्ने गुल्मीको मुसीकोट नगरपालिका–१ का नारायण घिमिरे, रुपन्देहीको कालिकानगर नगरपालिका–१३ का झपेन्द्र थापामगर, गौरीघाट बस्ने अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका अर्जुन अर्याल, गल्कोपाखा बस्ने भारतको सहजपुरका संदीप सिंह र भारतकै सिलगुढीका रोनाल्ड गहतराजलाई प्रहरीले पक्रिएको हो । 

 

उनीहरुलाई काठमाडौंको ठमेलमा रहेका होटल इन्काउन्टरबाट महानगरीय अपराध महाशाखाको टोली पक्रिएको हो ।उनीहरुले भारतको दिल्ली हुँदै क्यानडा, जापान तथा युरोपका विभिन्न देश पठाइदिने भन्दै ठग्ने गरेको प्रहरीले जनाएको छ ।

 

उनीहरुका साथबाट प्रहरीले नेपाली राहदानी १९ वटा, बंगलादेशी राहदानी २५ वटा, भारतीय राहदानी एउटा र विभिन्न व्यक्तिका पुलिस रिपोर्ट बरामद गरेको छ । 

 

उनीहरुमध्ये रोनाल्ड गहतराजले दिल्लीमा ग्लोबल ट्रेनिङ कन्सल्टेन्सी तथा नारायण घिमिरेले पुतलीसडकमा निकिता ग्लोबल कन्सल्टेन्सी सञ्चालन गरेर ठगि गरिरहेको पाइएको छ ।

 

प्रहरीले कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ । 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024