सम्बन्ध विच्छेद बढ्दो

26 July, 2015

मोरङमा दम्पतीबीच सम्बन्ध विच्छेद बढ्दो छ। गत आर्थिक वर्षमा जिल्ला अदालतमा ६ सय २० वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको थियो। यो अधिल्लो वर्षको तुलनामा झन्डै सयले बढी हो।

जिल्ला अदालतमा १५ महिनामा ७ सय १५ यस्ता मुद्दा दर्ता भएका थिए। तीमध्ये ९० प्रतिशत वैदेशिक रोजगारीमा गएका युवासँग सम्बन्धित रहेको अदालतको तथ्यांक छ। विदेशमा पति हुँदा पठाएको रकमले पत्नीले आफ्नो नाममा जमिन र घर किन्ने अनि पति फर्केपछि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्ने प्रवृत्ति बढेको जनाइएको छ।

अदालतले १५ महिनामा सम्बन्ध विच्छेदका ६ सय २० मुद्दा फछ्र्योट गरेको छ। तीमध्ये ९० प्रतिशत मुद्दा बिदेसिएका पुरुष र महिलासँग सम्बन्धित छन्। मोरङमा उक्त अवधिमा १७ हजार १ सय ३५ महिला घरजग्गाका मालिक भएका छन्। अधिकांश वैदेशिक रोजगारीका लागि विदेश गएका पुरुषका पत्नी छन्। मालपोत कार्यालय मोरङका सूचना अधिकृत गौतम अमात्यका अनुसार त्यस्ता केही महिलाले अघिल्लो दिन आफ्नो नाममा जग्गा पास गर्ने र भोलिपल्ट पतिसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्ने गरेको पनि पाइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024