श्रम सहचारी छनोट रोकियो

14 July, 2015

श्रम सहचारी छनोटका लागि निवेदन दिएका कर्मचारीलाई विषयवस्तुको प्रस्तुतिका लागि बोलाएकै दिन श्रम तथा रोजगार मन्त्रालयले प्रक्रिया रोकेको छ।

केही कर्मचारीले भाषा र सवारी चालक प्रमाणपत्र नक्कली पेस गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि मन्त्रालयले छनोट प्रक्रिया रोकेको हो। ती कर्मचारी सबै श्रम मन्त्रालय र मातहतकै निकायका हुन्। श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले मुद्दा परेर रोकिएको स्वीकार्दै अख्तियारको जवाफ आएपछि पुन: सुरु गर्ने बताए।   Published on: 14 July 2015 | Kantipur  

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024