आँप टिप्न दैनिक सय मजदुर

1 July, 2015

अमन कोइराला

सय मजदुर खटिएका छन्। बिक्रीका लागि आँप टिप्न मजदरहरू व्यस्त छन्। दैनिक ३ सय ज्याला लिएर एक महिनासम्म एक सय मजदुर आँप टिप्न मात्र खट्छन्। केन्द्रले आँप टिप्न मजदुर ज्यालामा मात्र ७/८ लाख खर्च लाग्छ। ‘एकै ठाउँ सबैभन्दा बढी आँप खेती भएको यही हो,’ केन्द्रका निमित्त प्रमुख सूर्यनारायण यादवले भने, ‘झन्डै एक करोडसम्मको आँप फल्छ।’

केन्द्रले आँप ठेक्का लगाएर बेच्ने गरेको छ। यस वर्ष भूकम्पका कारण लामो समय बजार बिग्रेर कम मूल्यमा आँप ठेक्का लाग्यो। आम्रपाली, मल्लीका, निलम, बम्बै, मालदह, कलकत्तियालगायत ३५ जातका आँप यहाँ फल्छ।

आँप ठेक्का लिने समूहका सदस्य गोपाल पासवानले दैनिक करिब १ सय मजदुर टिप्न मात्र खटाउने गरेको बताए। ३० जना चौकीदार आँपको सुरक्षामा मात्र खटिएका छन्। आँप सकिने समयमा मजदुर बिस्तारै घट्दै जान्छन्। चौकीदारलाई तीन पटक खानासहित मासिक ५ हजार पारिश्रमिक तोकिएको छ। ‘आँप बगैचा कति ठूलो छ भन्ने थाहा पाउन टिप्ने मजदुर र चौकीदारलाई एक महिनामा दिनुपर्ने ज्यालाले नै स्पष्ट गर्छ,’ पासवानले भने, ‘मजदुरले ८ लाखजति पारिश्रमिक एक महिनामा लैजान्छन्।’

चौकीदारलाई झन्डै २ लाख खर्च हुन्छ। ‘यो रकम हामीले ठेक्का लिएर आँप नबेचुन्जेल लाग्ने खर्च हो। त्यसबाहेक अन्य स्टाफमा पनि खर्च हुन्छ,’ उनले भने। पासवानलाई केन्द्रमा आँपका कति रूख छन् भन्ने थाहा छैन। गनेर साध्य नभएको उनले बताए। आँप र लिचीका फल उत्पादनका लागि केन्द्र प्रख्यात छ। केन्द्रले वार्षिक करिब १ करोड राजस्व जम्मा गर्छ। यादवले सरकारी कृषि फर्ममा सबैभन्दा बढी राजस्व बुझाउनेमा केन्द्र एक नम्बरमा रहेको बताए।

‘हाम्रो कार्यालय कृषिमा प्रविधि विस्तारको मुख्य थलो हो,’ उनले भने, ‘बिरुवा उत्पादनका लागि लगाइएको आँपका माउ रूख ठूला भएर फल पनि बेच्ने गरिएको हो। फल, फूल, तरकारी लगायतको उन्नत बिरुवा उत्पादन गरी कृषकसम्म पुर्यािउनु हाम्रो मुख्य उद्देश्य हो।’ १ सय ८५ दशमलव ५४ हेक्टरमा फैलिएको केन्द्रमा लिची, अम्बा, एभोकाडो, केरा, गुलाबलगायत बिरुवा उत्पादन तथा बिक्री बितरण हुँदै आएको छ। Published on: 1 July 2015 | Kantipur  

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024