अलपत्र नेपालीको सहयोगार्थ कोरिया जाँदै मह

9 January, 2015

कोरियाली नयाँ वर्ष सलनालमा कोरियामा आयोजना गरिएको सांस्कृतिक महामेलामा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहितको कलाकार टोली सहभागी हुने भएका छन्। एनआरएन कोरियाले फागुन ६ र ७ गते आयोजना गर्न लागेको महामेलामा गायक प्रमोद खरेल, गायिका रजिना रिमाल, दोहोरी गायिका विष्णु माझी, :यापर यम बुद्धलगायतका कलाकारले प्रस्तुति पस्कँदैछन्। 

यसैगरी महामेलामा हास्यकलाकार विल्सनविक्रम राई (तक्मे बूढा), लोकगायक पशुपति शर्मा, पपगायिका आस्था राउत पनि आकर्षणको रूपमा रहनेछन्। सांगीतिक प्रस्तुति लागि कोरिया आउने भएका छन्। 

साथै कोरियामा रहेको नेपाल हाउसको सञ्चालनको लागि सहयोग जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको एनआरएन कोरियाका अध्यक्ष विनोद कुँवरले जानकारी दिए। 

नेपाल हाउसमा कोरियामा काम छोडेका तथा अलपत्र परेकाको लागि बासस्थान तथा नेपाली संघसंस्थाको लागि कार्यक्रम हल तथा सांस्कृतिक भेषभूषा प्रदर्शनस्थल छ। दक्षिण कोरियाको बुसान र तोंग्देमुनमा दुई दिन कार्यक्रम आयोजना हुन लागेको हो। 

कोरियामा तीन दिन सार्वजनिक बिदा हुने सलनालमा किरात याक्थुङ चुम्लुङ कोरियाले कलाकारहरू श्रेयषी चेम्जोङ, रस्मी तामाङ तथा मिस नेपाल सुविन लिम्बूलाई कोरिया निम्त्याइएको चुम्लुङले जनाएको छ। 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024