जिल्ला अदालत नुवाकोटले पुर्वी भेगमा रहेको घ्याङफेदी गाविसका एक युवकलाई महिला बिक्रि गरेको कारण देखाउँदै २० वर्षको कैद र जरिवानको सजाय फैसला गरेको छ। अदालतले दुई महिलालाई ललाइ फकाई भारतको दिल्ली पुर्याएर बेचेको अभियोगमा पक्राउ परेका एक युवालाई जिल्ला अदालत नुवाकोटले २० वर्षको कैद र जरिवानको फैसला रेको हो।
मानव बेचबिखनको आरोपमा दुई वर्षअघि पक्राउ परेका सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पुर्वमा रहेको दुर्गम घ्याङफेदी गाविस वडा नं. ६ का २० वर्षिय सुकमान तामाङलाई जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीको एकल इजलासले पीडित युवतीलाई एक लाख रुपैया क्षतिपूति भराउन आदेश पनि दिएको छ। फैसलापछि उनलाई नुवाकोट जिल्ला कारागार चलान गरिएको छ।
सुकमानलगाएत गाउकै २ जना गरी ३ जनाले गाउंकै २६ वर्षया शान्ता र २७ वर्र्षिया कान्ता (नाम परिबर्तीत) लाई गत २०६५ साल साउन २८ गते श्रीमान् गोसाइकुण्डको मेलामा काम गर्र्न गएको वेलामा बिभिन्न प्रलोभन देखाई भारतको नयां दिल्लीमा लगी बिक्रि गरेको खुलासा भएको छ।
बिक्रि गरेको जानकारी पाएपछि दुबै जनाका श्रीमानले कोसेली नेपाल नुवाकोटको सहयोगमा गत २०६९ साल चैत्र ५ गते जिल्ला प्रहरी कार्यालय नुवाकोटमा किटानी जाहेरी दिएका थिए।
जाहेरीको आधारमा प्रहरीले तामाङगलाई पक्राउ गरे पछि दलालहरूकै आफन्तले बेचिएका २ महिलालाई कोठीवालीसँग कुरा गरी सांढे ४ वर्षपछि नेपाल फिर्ता ल्याएको कोसेली नेपाल नुवाकोटकी अध्यक्ष अस्मिता थापाले जानकारी दिइन्।
सुकमानको आफन्तले काठमाडौ बौद्धमा भेटी सुकमान तामाङगलगायतले बिक्रि गरेको प्रहरीलाई नबताउन लोभ लालचको साथै धाक धम्की दिए पनि बेच्ने दलाललाई कानुनी कारबाहीको माग गर्दै उनीहरूले प्रहरी र अदालतमा सुकमानले विक्रि गरेको जनाउंदै वयान दिएको अध्यक्ष थापाले बताइन्।