बैंककमा विद्यार्थी अपहरणका मुख्य योजनाकार पक्राउ

31 December, 2014

थाइल्यान्डको बैंककमा अध्ययनरत तीन नेपाली विद्यार्थी अपहरण गर्ने मुख्य योजनाकार अली नाम गरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र बैंकक प्रहरीको संयुक्त टोलीले अलीलाई सोमबार बैंककमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको हो। 

यही पुस ४ गते बैंककस्थित एजम्पसन विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी रोनेश श्रेष्ठ, कर्ण हाछेथू र विभूष रिजाललाई अलीकै योजनामा अपहरण गरिएको प्रहरीले जनाएको छ। प्रहरीले अलीसँगै अन्य दुईजनालाई पनि पक्राउ गरेको छ। पक्राउ परेका उनीहरू पाकिस्तानी नागरिक हुन्। ‘अलीले सुरुमा साथी भन्दै खुवाइपिलाइ ग:यो, पछि मौकाको फाइदा उठाएर अपहरण गरी फिरौती माग्यो’, सीआईबी प्रमुख डीआईजी हेमन्त मल्ल ठकुरीले भने। 

ठकुरीले मुख्य योजनाकार अलीको पूरा नाम थाहा भए पनि अर्का दुई पाकिस्तानीको नाम खुलिननसकेको बताए। अलीको पूरा प्रहरीले दिएको छैन। बैंकक प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले अपहृत विद्यार्थीलाई पुस ८ गते सकुशल मुक्त गरेको थियो। अपहरणमा संलग्न नौजनामध्ये प्रहरीले आठजनालाई पक्राउ गरिसकेको छ। यसअघि बैंकक र नेपाल प्रहरीले अनुसन्धानका क्रममा पुस ८ गते अपहरणमा संलग्नमध्येका पाकिस्तानी मूलका थाई नागरिक उकास रहमान र पाकिस्तानी नागरिक मोहम्मद जलिरलाई पक्राउ गरेको थियो। 

अपहृत विद्यार्थीका अभिभावकसँग फिरौती बुझेर हुन्डीमार्फत बुझाउने संयोजनकारी भूमिका निर्वाह गरेका मातृका यादव अध्यक्ष रहेको माओवादीका केन्द्रीय सदस्य सर्लाहीका सुजन यादव भनिने श्रीचन राय र उनका आफन्तलाई प्रहरीले पक्राउ गरिसकेको छ। 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024