कोरियामा लुक्ने खेलाडीलाई १० वर्षको प्रतिबन्ध

20 October, 2014

१७ औं एशियाली खेलकुद प्रतियोगिता(एसियाड)का क्रममा दक्षिण कोरियामा लुक्ने नेपालका चार जना खेलाडीलाई १० वर्षको प्रतिबन्धमा परेका छन्।

युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको एसियाडको कार्य सम्पादन समितिको आइतबार बसकेको बैठकले लुक्ने सेपाकताक्रोका अमन पोडे, उसुका सोम बीर तामाङ र र निराजन आले तथा एथलेटिक्सका तिलकराम थारुलाई प्रतिबन्ध लगाएको हो।

एसियाडमा नेपालका २५ खेलका दुई सय ६ खेलाडी सहभागी थिए। उक्त प्रतियोगितामा नेपालकी विमला तामाङले मात्र कराँतेमा काश्य पदक जितेकी थिइन। प्रतियोगिताको तयारी र सहभागितमा गरी झन्डै १२ करोड खर्च भएको थियो। 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024