टुरिष्ट भिषामा युवती दुवइ पठाउन खोज्ने पक्राउ

17 September, 2014

एयर अरबियाको उडानबाट नेपाली युवती दुबइ पठाउन खोज्ने दुई जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ। पर्सा सुवर्णपुर ७ घर भई हाल काठमाडौं धापासी वडा नं.८ बस्ने कृष्ण विक र सिराहा, गौरपुर ७ बस्ने बर्ष ४५ को बोयालाल यादवलाई पक्राउ गरिएको हो। विक भदौ २६ मा पक्राउ परेका हुन् भने यादवलाई हिजो मंगलबार गौशालाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई मानव बेचविखनको अभियोगमा पक्राउ गरिएको हो। अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।

विक र यादवले ललाईफकाई राम्रो कामको लागि बैदेशिक रोजगारीमा लगाइदिन्छु भनी अबैध रुपमा टुरिष्ट भिषामा दुबई पठाउन लागेको अवस्थामा पीडित महिलाहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले फेला पारी उद्दार गरेको थियो। पीडित महिलाको बयानको आधारमा प्रहरीले दुवैजनालाई पक्राउ गरेको हो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024