इराकबाट नेपाली फर्काउन परराष्ट्रले विशेष प्रतिनिधि तोक्यो

24 June, 2014

परराष्ट्र मन्त्रालयले इराकबाट नेपालीहरुलाई सकुशल स्वदेश फर्काउन मन्त्रालयकै सहसचिव अर्जुनकान्त मैनालीलाई ‘विशेष प्रतिनिधि’ का रुपमा त्यसतर्फ पठाउने भएको छ। इराकमा सरकारी र विद्रोही सुन्नी सेनाबीचको द्वन्द्व चर्किदै गएपछि परराष्ट्रले मंगलबार मैनालीलाई मन्त्रालयको विशेष प्रतिनिधिका रुपमा इराक पठाउने निर्णय गरेको हो।

कुवेतस्थित नेपाली दूतावासलाई आधार बनाइ इराक तथा अन्य मुलुकको भ्रमण गरी नेपालीको उद्धार गर्ने जिम्मेवारी उनलाई दिइएको छ। ‘इराकमा विकसित गम्भीर अवस्थालाई ध्यानमा राख्दै उद्धार कार्यलाई अघि बढाई नेपालीलाई सकुशल स्वदेश फर्काउन नेपाली दूतावास कुवेतमा मुकाम कायम गरी परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुनकान्त मैनालीलाई विशेष प्रतिनिध नियुक्त गरी खटाउने निर्णय भएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले मैनाली आफ्नो जिम्मेवारी वहन गर्न छिट्टै त्यसतर्फ जाने जनाइएको छ। ‘आवश्यकता अनुरुप इराक तथा अन्य मुलुकमा पनि भ्रमण गरी कार्य सम्पान गर्ने जिम्मेवारी मैनालीलाई दिइएको छ,’ मन्त्रालयले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024