विभिन्न मुलुकमा ठगीमा परेका थप ७१ नेपालीको उद्धार, अमृत झाको रिहाइको पहल जारी

25 May, 2026

दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित ‘अनलाइन स्क्यामिङ सेन्टर’ मा ठगीमा परेका थप ७१ जना नेपालीको उद्दार गरिएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले सो क्षेत्रबाट यसअघि ६१६ जना नेपाली नागरिकको उद्धार गरिएकोमा पछिल्लो समय थप ७१ जनाको उद्दार गरिएको र अन्यको पनि उद्दार कार्य जारी रहेको जानकारी दिए ।

हालसम्म कम्बोडियाबाट ५ सय ६२, म्यानमारबाट १ सय ११, लाओसबाट ८ र थाइल्याण्डबाट ६ जनाको उद्धार गरी नेपाल फर्काइएको उनले बताए ।
नेपाली दूतावास बैंककको अनुरोधमा कम्बोडिया सरकारबाट हालसम्म १०२ जना नेपालीको जरिवाना मिनाहा भएको र थप १७२ जनाको जरिवाना मिनाहका लागि अनुरोध गरिएको परराष्ट्रले जनाएको छ ।

कम्बोडियामा २९ जना नेपालीहरू संगठित अपराध, यातना, मानव तस्करीलगायतका आरोपमा थुनामा रहेका रहेकाले उनीहरुको शीघ्र रिहाई तथा उद्धारका लागि नेपाली राजदूतवास बैङ्ककबाट पहल जारी रहेको समेत प्रवक्ता पौडेलले जानकारी दिए । त्यस्तै प्रवक्ता क्षेत्रीले पश्चिम एसियामा रहेका नेपालीहरुको अवस्था सामान्य रहेको र नेपालीहरुको सुरक्षाका लागि सरकार गम्भीर रहेको बताए ।

साथै, इरानको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली नागरिक अमृत झाको निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी रहेको उनले बताए । त्यस्तै नेपालबाट भारततर्फ चियाको निकासी प्रभावित भएकोमा दुई देशीय छलफलका माध्यमबाट भएको पहलले भारतीय टी बोर्डबाट जारी निर्देशीका संशोधन गरी विद्यमान चिया निकासीसम्बन्धी समस्या हाललाई सहज हुने भएको मन्त्रालयले जानकारी दिएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024